Trending
>>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने >>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

राजनिति


संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि

बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजश्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजश्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताएका छन् । सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गरेको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताए । उनले संसदीय मर्यादा परम्परामा कुनैपनि

आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले हरेक वर्ष पाँच लाख नेपाली श्रम

जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिटै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले ३० दिन भनिएपनि अब केही दिनभित्रै छानविनको

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर गरे ।

सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी

काठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमालाई सरकारले क्रम गर्ने काम नगरेको जिकिर गरे । उनले अनुशासनले भोलीका दिनहरूमा योजनालाई कार्यान्वयन गर्ने, पुँजीगत खर्च

काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु

काठमाडौँ। नेपाली काँग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर

बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की

काठमाडौँ। नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताएका हुन् । उनले उच्च,

सम्वन्धित समाचारहरु