Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताएका छन् ।

पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीवार संसद भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताएका छन् । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताए । नेपालले पनि यो कुरा भोगेर आएको उनको भनाई छ । लामो ईतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्व सांसदहरुलाई यसबारेमा अझ बढी ज्ञान भएको उनले बताए ।

उनले भने, ‘देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनिति नै हो । राजनिति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्नसक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढंगबाट प्रयोग गर्न, अन्वेषन गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनिति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरुले त लामो ईतिहास विभिन्न ढंगबाट विताएर आउनुभएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’

उनले पूर्व सांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण, संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाउनुभएको बताएका छन् । पूर्वसांसदहरुलाई सम्मान गर्ने, औषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उनको भनाई छ । राज्यलाई हाल पूर्व सांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारीसमेत नभएको उल्लेख गर्दै उनले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो । –


प्रकाशित मिति: १९ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?