Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताएका छन् ।

पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीवार संसद भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताएका छन् । राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताए । नेपालले पनि यो कुरा भोगेर आएको उनको भनाई छ । लामो ईतिहासमा विभिन्न ढंगबाट बिताएर आएका पूर्व सांसदहरुलाई यसबारेमा अझ बढी ज्ञान भएको उनले बताए ।

उनले भने, ‘देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनिति नै हो । राजनिति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्नसक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढंगबाट प्रयोग गर्न, अन्वेषन गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनिति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरुले त लामो ईतिहास विभिन्न ढंगबाट विताएर आउनुभएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’

उनले पूर्व सांसदहरुले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यन्वयन, सरकार निर्माण, संसदको जिम्मेवारीलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न महत्वपूर्ण काम सिकाउनुभएको बताएका छन् । पूर्वसांसदहरुलाई सम्मान गर्ने, औषधि उपचारको प्रवद्र्धन गर्नेतर्फ आफूले पहल गर्ने उनको भनाई छ । राज्यलाई हाल पूर्व सांसदहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारीसमेत नभएको उल्लेख गर्दै उनले यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । स्थापना दिवसको अवसरमा मञ्चले ७० वर्ष पूरा भएका पूर्वसांसदहरुलाई सम्मान गरेको थियो । –


प्रकाशित मिति: १९ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?