Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार्कॉ ध्यानाकर्षण गराउदै कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए । उनले उखु सिकसाको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत राख्न तथा मल आपूर्ति गर्न पनि माग गरेका छन् ।

उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरु निरन्तर समस्यामा छन् । उखु किसानहरु भुक्तानी ढिलाई, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् ।’

उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्।


प्रकाशित मिति: १९ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?