Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राजनिति


एमाले सचिवालय बैठक जारी

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दै छ।  बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रिय कमिटीको बैठक असोज २६ देखि २९ गतेसम्म बोलाइएको छ । साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन्  । जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन्।  क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन्  । युवाहरुको बलिदान

ओली र लेखकविरुद्धको जाहेरी छानबिन आयोगले प्रहरीमा नै फिर्ता पठायो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले पुनः काठमाडौं प्रहरी परिसरमा फिर्ता पठाएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार, फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारवाही गर्न कानुनले नै अख्तियारी प्रदान गरेको भन्दै सो जाहेरी प्रहरीमै पठाइएको हो।

ओली-प्रचण्डका लागि मापदण्डभन्दा बढी खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी हटाइएका हुन्।

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ। भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प

वर्तमान सरकार नेपालीको प्रतिनिधि होइनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क गरेका छन् । उनले सरकारले आफूलाई

जेन-जीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार

काठमाडौँ। जेन—जी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरुले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीवार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उहाँहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् । जेन जेड, वाई, एक्सको सहभागीताका

नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस् : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् । गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने

सम्वन्धित समाचारहरु