Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाएः प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरु सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताएका छन् । उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरेका छन् । उनले जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उल्लेख गरेका छन् । उनकाअनुसार हाल देखिएको राजनीतिक धक्कालाई गम्भिर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने उनको भनाई छ ।

उनले भने, ‘अहिले क्षणिक रुपमा कम्युनिष्ट आन्दोनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यी धक्काहरु जो खाइन्छ, बेलाबेलामा । ती हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरु हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होईन, जनताले हामीलाई नुहाईधुवाई गरेर आउ भनेर सवक सिकाएको हो । त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरको रुपमा पनि यसलाई लिनुपर्छ ।’

उनले कम्युनिष्टहरुमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?