Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध


राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध, दलगत सीमाभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ढकालको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले संसदीय समितिहरू दलगत सीमाभन्दा माथि उठेर काम गर्ने थलो भएको भएको भन्दै सोहीअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समिति सदस्यहरूको सिर्जनात्मक सुझाव र खबरदारीलाई आत्मसात गर्दै आफ्नो विगतको अनुभवका आधारमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगतमा सरकारको बारम्बार परिवर्तन र राजनीतिक अस्थिरताका कारण समितिहरू प्रभावकारी हुन नसकेको बताएका छन् । अहिले स्थिर सरकार बनेकाले सरकारलाई सहयोग गर्ने गरी समितिको भूमिका अझ सशक्त हुने उनको दाबी छ ।

उनले भने, ‘संसदीय समितिमा दलहरुभन्दा बाहिर निस्किएर बहसहरु हुने गर्दछ । त्यसकारण माननीयज्यूहरुको सिर्जनात्मक सुझाव र खबरदारीलाई ग्रहण गर्दै मेरो विगतको अनुभवको आधारमा यो समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाउने छु । विगतमा संसदीय समितिहरुले प्रभावकारी रुपमा काम गर्न नसक्नुको मुख्य कारण ९–९ महिनामा सरकार परिवर्तन हुनु र राजनीतिक अस्थिरताको कारण थियो होला नि त । अहिले स्थिर सरकार बनेको छ । त्यसकारण सरकारलाई सघाउनको लागि समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसअघि जस्तो समिति छायाँमा बस्दैन ।’

मुलुकमा सुशासन कायम गर्नको लागि राज्यका सम्पूर्ण निकायहरुको प्रभावकारी अनुगमन गरिने पनि उनको भनाइ छ ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?