Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हाम्रै आँखा अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लाग्यो, यसलाई फेरि उठाउनुपर्छः माधव नेपाल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालबाट कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले आफूहरुकै अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई फेरि माथी उठाउन नयाँ शीराबाट काम गर्नुपर्ने बताए । यसका लाग कम्युनिष्ट पार्टीहरुले आफूभित्र गम्भिर समिक्षा तथा आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले नेपालमा हालै भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणामले कम्युनिष्ट पार्टीलाई ठूलो धक्का दिएको उल्लेख गरेका छन् । उनले राजनीतिक जीवनमा उतारचढाव स्वाभाविक भएको उल्लेख गर्दै पराजयलाई सहज रूपमा लिनुपर्ने बताए । निर्वाचनमा पराजय हुँदैमा आत्तिनेहरूले जित हासिल गर्न नसक्ने उनको भनाई छ । उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न नयाँ ऊर्जा र दृष्टिकोण आवश्यक रहेको औंल्याउँदै फेरि उठेर अघि बढ्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

उनले भने, ‘हामीले हेर्दाहेर्दा कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । यसपटकको निर्वाचनमा अप्रत्याशित रुपको परिणाम सामना गर्नुपरेको छ, ठुलो धक्का खानु परेको छ । यसको हामीले विश्लेषण गर्ने कि नगर्ने ? हाम्रो कमजोरीको बारेमा छलफल चलाउने कि नचलाउने ? हाम्रा कमी कमजोरीहरुको खुला छलफल गर्नुपर्ने आवश्यक्ता छ । राजनीतिक जीवनमा उकालो ओरालो आउँछ, यसलाई सबैले आत्मासाथ गर्नुपर्छ । कहिले सफलता कहिले पराजय हुन्छ । पराजय हुने वित्तिकै, हार हुने वित्तिकै आत्तिनेहरुले जीत हासिल गर्न सक्दैन । त्यसो भएको हुनाले जीतको लागी फेरि नयाँ शीराबाट उठेर अगाडी बढ्नुपर्छ ।’

उनले चीनीयाँ कम्युनिष्ट पार्टी र विश्व कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न उताडचडापहरु आएको उल्लेख गरेका छन्। धरापमा परेको चीनियाँ कम्युनिष्ट पार्टीलाई माओत्से तुङले पुनर्जीवित गरेको उल्लेख गर्दै उनले नेपालको कम्युनिष् आन्दोलनलाई पुनर्जीवित गर्न सकिने बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?