Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन


विद्यार्थी संगठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौँ । विद्यार्थी संगठनमाथि प्रतिवन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो । विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिवन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मात्रिका तिमिल्सिनाले मंगलवार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाए । उनले सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘सरकारले विद्यार्थी संगठनहरुमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथिहरुले हिजो शान्तीपूर्ण आन्दोलन गर्दा उनीहरुलाई हिरासतमा राखेको छ । त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन शुरु गरेका छौँ । आजैदेखि हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ । यो सरकार आफैंमा नालायक छ, लाचार छ । सरकारले मनोमानि गरिरहेका छन् । गृहमन्त्रीले रजगजमा शासन गर्छ । माफियाहरुलाई संरक्षण गरिरहेको छ ।’

सरकार मनोमानि ढंगले शासन सञ्चालन गरिरहेको समेत उनको आरोप छ ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?