Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राजनिति


रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा.

सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिक अनिश्चितताबीच देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दल असफल भइसकेको जिकिर गरे । पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म परिवर्तन आवश्यक

माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन् । उनले विगतमा जनयुद्धको नेतृत्व गरेको पुस्ताले अब माओवादी आन्दोलनलाई अघि बढाउन नसक्ने जिकिर गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ छ ।उनले माओवादी आन्दोलनका उपलब्धिका रूपमा संविधानमा समेटिएका अधिकारको

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी सुरु भएको दाबी गरे । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ भदौ १० गते पार्टी विभाजन गराइएको

पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने

नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

काठमाडौँ। नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छिन् । सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक

पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताएका छन् । पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताएका छन् । उनले नयाँ पुस्तालाई तालिम, क्षमता

मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् । सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताएका छन् । उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी

दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा

काठमाडौं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उहाँका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् । चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक

प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय

काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री साहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिएका छन् । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा

सम्वन्धित समाचारहरु