Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

राजनिति


आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । समाजिक सञ्जालको दुरुपयोग गरी किर्ते कागजपत्रमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेको अभियोगमा पक्राउ पटका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक गरेको किर्ते कागजपत्रमा कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२

उपनिर्वाचनः तीन स्थानमा चुनावै नभइ निर्विरोध निर्वाचित !

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग)

मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल

दाङ। नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताएका छन् । उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताएका छन् ।

‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’

देउखुरी (दाङ)। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् । नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राखे । उनले

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ !

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। आयोगका अनुसार नेपाल सरकार र मन्त्री,

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी

जानकी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा जोड दिन तयार रहेको उनले उल्लेख गरे । बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा

यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले

सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् । नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका काममा तल्लीन भएको बताए

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन गर्ने र काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको छ। माओवादीका शिवशरण महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने र काठमाडौं महानगर

सम्वन्धित समाचारहरु