Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

राजनिति


झापाको कन्काई-६ बाट स्वतन्त्रका ओली निर्वाचित

काठमाडौं । झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित निर्वाचित भएका छन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनले ४ सय ९३ प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका रामगोपाल ओलीले ३

दैलेखको दुल्लु -१३ मा कांग्रेसलाई ३ मतले पछि पार्दै एमालेका शाही बिजयी

दैलेख। दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लाल बहादुर शाहीले कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै निर्वाचित भएका हुन् । दैलेखको दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी

रौतहटको ईशनाथ–७ मा कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक विजयी

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका उम्मेदवार सकिबुल खाँ विजयी

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार

गोरखा ५ को वडाध्यक्षमा मगर निर्वाचित,माओवादीले खोल्यो खाता

काठमाडौँ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर ४८६ मत सहित निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगरले ४८६ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी नेपाली काँग्रेसका उम्मेदवार आलेले ४०३ मत, नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत

डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा कांग्रेसका मोहन थापा विजयी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत सहित विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मत प्राप्त गरे ।यसैगरी,रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र

कीर्तिपुरमा सुरु भयो मतगणना

काठमाडौं । कीर्तिपुरमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । १० बजेदेखि हुने मतगणना वडा नं. १ मा मेयरको मतबाट सुरु भएको छ। सर्वदलीय बैठकपछि सुरु मतगणनाको पहिलो चरणमा कीर्तिपुर बाघ भैरव मन्दिर परिसर प्रमुख पदको क, ख र ग तीनवटा मतपेटीका गणना सुरु भएको हो।

ओखलढुंगाको मोलुङ–५ बाट एमालेले खोल्यो खाता

काठमाडौं । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका -५ बाट वडाध्यक्षमा नेकपा एमालेको उम्मेदवार गंगा तामाङले ३ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् । यस वडामा नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१

चीनसँग हुने विकास योजना २०२५-०२९ समझदारी पत्र स्वीकृत

काठमाडौँ। सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई

ठूला दललाई पछि पार्दै कालिकोट तिलगुफा–४ मा उदायाे नेमकिपा !

काठमाडौं । प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।

सम्वन्धित समाचारहरु