जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार