काठमाडौं । झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित निर्वाचित भएका छन् ।
चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनले ४ सय ९३ प्राप्त गरेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत प्राप्त गरेका छन् ।
उनले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार