डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत सहित विजयी भएका छन् ।
उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मत प्राप्त गरे ।यसैगरी,रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् ।
२०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाइ हराएका थिए ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार