काठमाडौं । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका -५ बाट वडाध्यक्षमा नेकपा एमालेको उम्मेदवार गंगा तामाङले ३ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।
यस वडामा नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् । भने नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।
यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।
प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार