Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राजनिति


काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् । पूर्वसभापति

सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुम्बासी नागरिकको पुनस्र्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभुत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाएकी छिन् । मन्त्रीहरुले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने

योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ?

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले राजदुत नियुक्तिमा ढिलाई भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले राजदूतको कुर्सी खालि राखेर कुटनीति बलियो हुन नसक्ने बताएका छन् । योग्यता, क्षमाता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरु पनि प्रशस्तै छन्, अनि किन रोकियो

बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनबारे बुधवार बसेको सर्वदलीय बैठकले एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको बताएका छन् । बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता शाहीले निर्णयसँगै बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकका समस्या सम्बोधन गर्न ‘सनसेट ल’ ल्याउने

भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताएकी छिन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति

पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरुको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले पूर्ण रुपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित

दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताएका छन् । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा

आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन प्रभावित भएको बताएका छन् । आईतवारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ

१४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।

रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी

काठमाडौँ।अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा पुरै वाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिएका छन् । विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा उनले जोड दिएका छन् । कुराकानीका क्रममा उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एशियाली विकास बैंक (एडीबी) जस्ता संस्थाबाट सहयोग

सम्वन्धित समाचारहरु