१४ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचारगोष्ठी एवं
१४ असार, छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै
१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। बिहीबार बिहान बसेको माओवादी केन्द्रको कोशी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको जानकारी दिइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले
१४ असार, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए । “पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो”,
१४ असार, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय,
१४ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक
१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्ने भएका छन् । प्रदेश सभा सचिवालयले बैठकको कार्यसूची प्रकाशन गरी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्ने र निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची प्रकाशन गरेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा
१४ असार, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको विशिष्टता सामाजिक
१४ असार, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण
१४ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।