Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्न मास्टर्स पास गर्नुपर्ने


१९ श्रावण, काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा  केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकिएको छ ।

यस पार्टीमा तोकिएको पदका लागि स्नातकोत्तर (मार्टर्स) गरेको हुनुपर्ने गरी शैक्षिक योग्यता निर्धारण गरिएको हो ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष हुनुपर्ने प्रावधान तय गरेको हो ।

त्यस्तै, प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण वा सम्बन्धित विभागमा ५ वर्षको अनुभव हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यसैगरी, स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुईवर्षे अनुभव हुनुपर्ने बताइएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?