Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्न मास्टर्स पास गर्नुपर्ने


१९ श्रावण, काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा  केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकिएको छ ।

यस पार्टीमा तोकिएको पदका लागि स्नातकोत्तर (मार्टर्स) गरेको हुनुपर्ने गरी शैक्षिक योग्यता निर्धारण गरिएको हो ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष हुनुपर्ने प्रावधान तय गरेको हो ।

त्यस्तै, प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण वा सम्बन्धित विभागमा ५ वर्षको अनुभव हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यसैगरी, स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभागअनुसारको क्षेत्रमा दुईवर्षे अनुभव हुनुपर्ने बताइएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?