Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेशका स्थानीय तहमा मन्त्री मोदीले खटाए सिंहदरबारमा जरा गाडेका २६ कर्मचारी, शुन्यमा झर्यो निमित्त


१९ ,श्रावण ,काठमाडौँ । सिंहदरबारमा जरा गाडेका २६ जना कर्मचारीलाई मधेश प्रदेशका विभिन्न स्थानीय तहमा खटाएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशका स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुन्यमा झारेका छन् ।

पदभार ग्रहण गरेदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागेका मन्त्री मोदीले मधेश प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएका हुन् । योसँगै मधेश प्रदेश अब निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । मधेश प्रदेशका विभिन्न स्थानीय तहमा अलग सेवा समुह, कृषि, वन, स्वास्थ्य, शिक्षा, प्राविधिक लगायतका क्षेत्रका कर्मचारीले प्रशासकीय अधिकृतको रुपमा कामकारबाही गर्दै आएका थिए । त्यस्तै नगरपालिकामा शाखा अधिकृत वा नायब सुब्बास्तरका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए भने गाउँपालिकामा नायब सुब्बा, खरिदार तहका कर्मचारी प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । मन्त्री मोदीले प्रावधानअनुसार नै नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाएका छन् ।

मन्त्री मोदीले सिंहदरबारमा अखडा जमाएर बसेका कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका छन् । निमित्तमार्फत् सञ्चालन भइरहेको धनुषाको जनकनन्दि गाउँपालिकामा गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत उतम शर्मा, धनकौल गाउँपालिका सर्लाहीमा गृह मन्त्रालयकै गणेश गौतमसहित गृहका अन्य ६ जना शाखा अधिकृतलाई सर्लाहीका विभिन्न स्थानीय तहमा खटाएका छन् । त्यसैगरी सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा वर्षौदेखि अखडा जमाएर बसेका १८ जना उपसचिवको पनि मधेश प्रदेशका स्थानीय तहमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव बेदराज फुयाँलको नराईन नगरपालिका धनुषा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजी बहादुर विष्टको विदेह नगरपालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषासहित सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत १८ जनाको उपसचिवको मधेश प्रदेशका विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

यसअघि मधेश प्रदेशमा कोही पनि कर्मचारी जान नखोज्ने वेथिति थियो । मधेश प्रदेशमा सरुवा भएका कर्मचारीहरु हाजिर गर्न जान नखोज्ने र जनप्रतिनिधिले पनि हाजिर गर्न नदिनेजस्ता बेथितिले जरा गाडेको थियो । यहीबीचमा सुशासनको क्षेत्रमा नयाँ फड्को मार्नेगरी मन्त्री मोदीले यस्तो साहसिक निर्णय गरेका हुन् ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?