७ असार, काठमाडाैँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ
७ असार, एजेन्सी । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ । एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा
७ असार, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।
७ असार, काठमाडाैँ । उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर एक
७ असार, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
७ असार, काठमाडाैँ । डिजिटल वालेट कम्पनी ई–सेवा र एभरेष्ट बैंकले सहकार्यको सम्झाैता गरेका छन् । यो सहकार्यसँगै ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत सहजै झिक्न सक्ने भएका छन् । ई–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा एटीएम कार्ड समेत नचाहिने बताइएको छ । मोबाइलमा आउने ओटीपीमार्फत प्रयोगकर्ताहरूले पैसा
७ असार, काठमाडाैँ । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त
७ असार, काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा
७ असार, काठमाडौं। प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) को
७ असार, काठमाडाैँ । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा