Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेप्सेमा झिनो अङ्कको गिरावट


४ ,श्रावण ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ ।

आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।

यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बैंकिङ समूह एक दशमलव २५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् २२ दशमलव ३८, उत्पादन तथा प्रशोधन ८२ दशमलव ०२ र व्यापार समूह एक सय ७७ दशमलव ६६ अङ्कले बढेका छन् ।

साथै निर्जीवन बीमा समूह एक सय ३२ दशमलव ०७ र जीवन बीमा समूहको उपसूचक एक सय २२ दशमलव ०६ अङ्कले घटेका छन् । त्यस्तै वित्त समूह १५ दशमलव ६९, होटल तथा पर्यटन समूह २१ दशमलव ४६, लगानी शून्य दशमलव ३२, लघुवित्त २५ दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव १८ अङ्कले घटेका छन् ।

आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड-२ र कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड २३ लाख १७ हजार ८७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार एक सय ३५ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?