Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

५० दिनदेखि सहकारी पीडितको आन्दोलनमा माइतीघरको अनशनमा केसी


काठमाडौँ: सहकारी बचतकर्ता पीडितहरुको आवाज बनेका पत्रकार कुशलव केसीले आफ्नो जन्मदिन पनि अनसनमा बसेरै मनाएका छन् । गत ५० दिनदेखि काठमाडौको माइतीघर मण्डलामा अनसन बसिरहेका केसीले हिजो आफ्नो जन्मदिन पनि अनसनमै मनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हामी अनसन र आन्दोलनका लागि माइतीघरमा बसेको आज ५० दिन भयो, तर सरकारले कुनै सुनुवाइ गरेको छैन, यही माइतीघर मण्डलामा मेरो जन्मदिन पनि यो धर्नाबाटै सकियो ।”

उनले सहकारी बचतकर्ताहरुको पीडाबाट पीडितलाई मुक्त गर्न नसक्दा सम्म आफूले जन्मदिन मनाउन नसक्ने उल्लेख गरेका छन् । उनीहरुको पिडाको अगाडी आफू खुशी हुन नसक्ने उनको भनाइ छ । सहकारी पीडित महासंघका प्रमुख संरक्षकसमेत रहेका केसीसहित दर्जनौँ पीडितहरु गत जेठ २० गतेदेखि माइतीघर मण्डलामा चरणवद्ध अन्दोलन र अनसनमा छन् ।

सहकारी दर्ता गरी विदेशमा पैसा पठाउने, तर बचतकर्तालाई नदिने सहकारी सञ्चालकहरुलाई कारबाही हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको सुरक्षा हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता पाउनु पर्ने लगायतका माग आन्दोलनकारीहरुको छ । उनीहरुको मागका बारेमा सरकारी निकायसँग पटक पटक वार्ता भएप नि सहमति भने हुन सकेको छैन ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?