Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

५० दिनदेखि सहकारी पीडितको आन्दोलनमा माइतीघरको अनशनमा केसी


काठमाडौँ: सहकारी बचतकर्ता पीडितहरुको आवाज बनेका पत्रकार कुशलव केसीले आफ्नो जन्मदिन पनि अनसनमा बसेरै मनाएका छन् । गत ५० दिनदेखि काठमाडौको माइतीघर मण्डलामा अनसन बसिरहेका केसीले हिजो आफ्नो जन्मदिन पनि अनसनमै मनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हामी अनसन र आन्दोलनका लागि माइतीघरमा बसेको आज ५० दिन भयो, तर सरकारले कुनै सुनुवाइ गरेको छैन, यही माइतीघर मण्डलामा मेरो जन्मदिन पनि यो धर्नाबाटै सकियो ।”

उनले सहकारी बचतकर्ताहरुको पीडाबाट पीडितलाई मुक्त गर्न नसक्दा सम्म आफूले जन्मदिन मनाउन नसक्ने उल्लेख गरेका छन् । उनीहरुको पिडाको अगाडी आफू खुशी हुन नसक्ने उनको भनाइ छ । सहकारी पीडित महासंघका प्रमुख संरक्षकसमेत रहेका केसीसहित दर्जनौँ पीडितहरु गत जेठ २० गतेदेखि माइतीघर मण्डलामा चरणवद्ध अन्दोलन र अनसनमा छन् ।

सहकारी दर्ता गरी विदेशमा पैसा पठाउने, तर बचतकर्तालाई नदिने सहकारी सञ्चालकहरुलाई कारबाही हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको सुरक्षा हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता पाउनु पर्ने लगायतका माग आन्दोलनकारीहरुको छ । उनीहरुको मागका बारेमा सरकारी निकायसँग पटक पटक वार्ता भएप नि सहमति भने हुन सकेको छैन ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?