२५ भदौ, पर्वत । स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ । जिल्लाको जलजला गाउँपालिकाबाहेक छ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो । भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने
२५ भदौ, रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान
२५ भदाै, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार र तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १
२५ भदाै, बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता
२५ भदौ, जुम्ला । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा
२५ भदाै, उदयपुर । ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार.. तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग
२४ भदाै, काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले
२४ भदाै, ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा ताप्लेजुङका किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह
२३ ,भाद्र ,गलेश्वर (म्याग्दी) । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले आज रु १५ लाख बराबरको राहत सामग्री पठाएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो । लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर