Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन


गोरखा । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिएक छन् । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको र सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए ।

लाप्राक र आसपासका बस्तीमा सडक अवरुद्ध हुँदा चाडबाडका बेलामा पनि भारी बोकेर खाद्यसामग्री लैजानुपर्ने बाध्यता रहेको थियो भने हरेक वर्ष बर्खा लागेसँगै उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । बारपाक–लाप्राक सडकखण्ड २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु गरिरहेको भए पनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा त्यस क्षेत्रका बासिन्दाले हैरानी खेप्दै आउनु परेको छ । ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन ।

कार्यालयले १३.१४ किलोमिटर सडक ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको तर थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र रहेको छ । सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?