Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पत्रकार सिञ्जालीलाई आर्थिक सहयोग


चितवन । नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ । महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उहाकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताए ।

महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताउदै उनका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको रु २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?