काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा
काठमाडौं। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोख्रेल नियुक्त भएका छन् । हिजो आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोख्रेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । त्यस्तै, वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी
इस्लामावाद, पाकिस्तान । पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ । गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई
काठमाडौं। सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ नाफा
काठमाडौं। हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । यसअघि भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा त्यो अवधिलाई मंसिर ४ देखि
२० ,कात्तिक ,घोराही (दाङ) । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको
२० ,कात्तिक ,बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि रु पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट रु पाँच लाख २५ हजार दिने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग
२० ,कात्तिक ,गलकोट (बागलुङ) । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार
काठमाडौ। विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ । नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताएका हुन् । दक्षिण
१९ ,कात्तिक ,काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले