Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, १ लाख १४ हजार ८ सयले पाए सेयर


मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमका बीच कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । उक्त बाँडफाँटमा कुल १ लाख १४ हजार ८ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।

सो कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गरेको हो भने कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गरिएको थियो ।

त्यसैगरी, प्रक्रिया पूरा गरेर कुल १२ लाख ७४ हजार ५६७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए भने भेरिफाइड भएकामध्ये ११ लाख ५९ हजार ७६७ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा ११.८ गुणा धेरै आवेदन परेको थियो भने कम्पनीले ८ मंसिरमा सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो ।

त्यस्तै, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?