काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज विहिवार पनि सोही मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमामै कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई कैफियत देखिएसँगै २ लाख जरिबाना तिराएको छ । विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा कैफियत देखिएसँगै कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई जरिबाना तिराएको हो ।
काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनमा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् ।उनले सरुवा-बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार २७ अर्ब नाघेको छ ।
काठमाडौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ
काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो । कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा
काठमाडाैं । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिनुभएको छ । शुक्रबार मन्त्रालयमा भएको वैठकमा समग्र हवाई क्षेत्रकाे सुधारका