Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतसँग विद्युत खरिद गर्दा राज्यलाई कुनै नोक्शानी भएको छैनः कार्यकारी निर्देशक सिलवाल


काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा न ले भारतीय कम्पनीहरूले उपलब्ध गराएका प्रश्तावहरूमध्ये सबैभन्दा सस्तो दरमा विद्युत खरिद गरिएको दाबी गरेका छन् ।

जाडोयाममा विद्युत मागलाई धान्न नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेड कर्पोरेशन (पिटिसी) इण्डियाबाट १८० मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेको छ । कार्यकारी निर्देशक मनोज सिलवालले भारतीय कम्पनीहरूले उपलब्ध गराएका प्रश्तावहरूमध्ये पिटिसी इण्डियाको दर सबैभन्दा सस्तो भएपछि असोज १० गतेको सञ्चालक समितिले निर्णय गरी असोज २७ मा खरिद सम्झौता गरिएको जानकारी दिएका छन् । जाडोयाममा माग धान्न आयात गर्नुपर्ने बाध्यता भएकाले यसपटक चाँडै खरिद प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । गतवर्ष भारतले केवल ‘सोलार आवर’ (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मा मात्र विद्युत उपलब्ध गराएपछि साँझको पिक–आवरमा माग धान्न कठिनाइ भएकोले उहाँले जानकारी दिएका छन् । गत वर्षमा केही उद्योगलाई सिमित क्षमता मात्रै सञ्चालन गर्नुपरेको उनको भनाई छ । उनकाअनुसार विद्युत आयातका लागि प्राधिकरणले पिटिसी इण्डिया र एनटिपीसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग प्रश्ताव मागेको थियो । पिटिसी इण्डियाले प्रति युनिट भारतीय रुपैयाँ ६.९५ को दर प्रश्ताव गरेको र एनभिभिएनले ७.६७ रुपैयाँ प्रश्ताव गरेको उनले बताएका छन् । पावर एक्सचेन्ज कमिटीमार्फत खरिद गर्ने विकल्पमा दर ८.१० रुपैयाँ पर्ने हुँदा त्यो विकल्प अझ महँगो हुने प्राधिकरणको निष्कर्ष छ । सिलवालकाअनुसार सबै विकल्पमध्ये पिटिसी इण्डियाको दर सबैभन्दा आकर्षक थियो । त्यसैले १८० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा नेपालले २ अर्ब ३८ करोड युनिट विद्युत भारततर्फ निर्यात गरेको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत आयात गर्नुपरेको थियो ।

उनले भने, ‘हामीले वर्षायाममा विद्युत बढी हुने र जाडोयाममा चाहीँ कम हुने हुदा भारतबाट आयात गर्ने गरिन्छ, वर्षायाममा हामी निर्यात गर्छाैँ । गएको सालमा हामीले २ अर्ब ३८ करोड युनिट चाहीँ हामीले निर्यात गरेका थियौँ भने १ अर्ब ६८ करोड युनिट विद्युत भारतबाट हामीले आयात गरेका थियौँ । चालु, अब आउने वर्षको यो जाडोयामको लागि पनि नपुग्ने विद्युत भारतबाट आयात गर्नुको विकल्प थिएन । गत साल हामीलाई कस्तो भयो भने भारतबाट गत साल नै हामीले विद्युत आयात त ग¥यौँ तर त्यतिबेला हामीलाई सोलार आवरमा मात्र उपलब्ध भयो । सोलार आवर भन्नाले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म, त्यसले गर्दाखेरि हामीलाई साँझको समयमा विद्युतको माग त अलि कठिन भयो । केही उद्योगहरूलाई हामीले सीमित क्षमतामा सञ्चालन गर्नुप¥यो । यसपाली त्यो अवस्था नआओस् भनेर हामीले समयमै विद्युत खरिदको प्रक्रिया अगाडि बढाएका थियौँ । हामीले विद्युत खरिद गर्दाखेरि सामान्यतया एउटा चाहीँ भारतको यो एक्सचेन्ज मार्केटबाट खरिद गर्छाैँ, त्यसमा रियालिटी पद्धति पनि छ, र अर्काे चाहीँ रियल टाइम मार्केट पनि छ । अर्काे हाम्रो चाहिँ पावर पावर एक्सचेन्ज कमिटीबाट पनि एउटा दर रेट निर्धारण गरेर विद्युत आयात–निर्यात हुँदै आएको छ । अर्काे भनेको चाहिँ हाम्रो द्विपक्षीय सम्झौता अन्तर्गत हामी विद्युत आयात निर्यात गर्दछौँ । हामीले यो द्विपक्षीय सम्झौता अन्तर्गत विद्युत आयात निर्यात गर्दाखेरि हामीले भारत सरकारको सहभागिता रहेको दुईटा कम्पनीहरू, एउटा पिटिसी इन्डिया र अर्काे एनटिपीसी विद्युत व्यापार निगम भन्ने छ, उहाँहरूबाट हामीले विद्युत खरिद–बिक्री गर्दै आएका छौँ । यसमा आयातको लागि हामीले माग गर्दाखेरि दुइटै पिटिसी इण्डियासँग पनि माग्यौँ, र यो एनटिपीसी विद्युत व्यापार निगमसँग पनि प्रश्ताव माग्यौँ । उपलब्ध प्रश्तावहरूमध्ये सबैभन्दा आकर्षक प्रश्ताव पिटिसी इण्डियाको थियो, उसको दर भारु ६ रूपैयाँ ९५ पैसा प्रति युनिट भएको थियो, भने एनटिपीसी विद्युत व्यापार निगमको दर चाहीँ ७ रूपैयाँ ६७ पैसा भारु रहेको थियो । अर्काे विकल्प भनेको हामीले भनेको यो विद्युत आदानप्रदान, यो पावर एक्सचेन्ज कमिटीबाट कोही निर्धारण दरले, जसको चाहीँ दर ८ रूपैयाँ १० पैसा हुन्छ । भन्दाखेरि उपलब्ध प्रश्तावहरूमा र उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा सस्तो चहीँ यो पावर ट्रेड कर्पाेरेसन इन्डियाको प्रस्ताव रहेको हुनाले, ६ रूपैयाँ ९५ पैसाको दर रेटमा १८० मेगावाट विद्युत खरिद गर्नलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले असोज १० गते निर्णय गरेपछि असोज १० गते निर्णय गरेर हामीले असोज २७ मा सम्झौता गरेका हौँ ।’

उनले पिटिसी इण्डियाको प्रश्ताव छोटो समयको रहेकोले ८ दिनमै निर्णय गर्नुपरेको पनि बताएका छन् । उनका अनुसार प्रश्ताव सेप्टेम्वर २२ मा आएर २८ सम्म मात्रै मान्य रहने भएकाले छोटो समयमै निर्णय गर्नुपरेको बताएका छन् । सञ्चालक समितिले असोज १० मै निर्णय गरी पिटिसीलाई सोही दिन पत्राचार गरेको उनले जानकारी दिए । उनले यदि पिटिसी इन्डियाको प्रश्ताव गुमाएर एनभिभिएनको प्रश्ताव रोजिएको भए प्राधिकरणलाई करिब ७५ करोड १४ लाख रुपैयाँ बढी नोक्सान हुने बताएका छन् । त्यस्तै, पावर एक्सचेन्जमार्फत ८.१० रुपैयाँ दरमा खरीद गर्नुपरेमा करिब १ अर्ब २० करोड रुपैयाँ नोक्शानी हुने उनको दाबी छ । कार्यकारी निर्देशक सिलवालले भारतमा विद्युतको दर स्थिर नरहने र वर्षेनी महँगो हुँदै जाने बताए । सन् २०२२ मा १२ रुपैयाँमा बत्ती किनेको उनले जानकारी दिएका छन् । हाल ६ रुपैयाँ ९५ पैसामा खरिद गर्दा सरकारलाई नोक्सानी नभई लाभ नै भएको उनको दाबी छ ।

उनले भने, ‘सम्झौता गर्दाखेरि यो सम्झौताको जुन प्रश्ताव आयो, त्यो प्रश्तावको मान्ने हुने अवधि चाहीँ, हामीसँग जम्मा ८ दिन मात्र थियो । सेप्टेम्बर २२ मा प्रश्ताव आएको र प्रस्तावको मान्ने हुने अवधि सेप्टेम्बर २८ सम्म मात्रै थियो । यति समयभित्रै चाहिँ निर्णय गरेर हामीले चाहिँ यो विद्युत खरिदको चाहिँ सम्झौता अगाडि बढाउनुपर्ने अवस्था थियो । त्यसै अनुरुप सञ्चालक समितिले असोज १० मा पिटिसी इन्डियाबाट १८० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेर सोहीअनुरुप हामीले असोज २७ मा उहाँहरूसँग हामीले सम्झौता ग¥यौँ । उहाँले जुन दिन सञ्चालक समितिबाट निर्णय भयो, हामीले त्यो विद्युत खरिद गर्न, त्यो दर रेटमा खरिद गर्न तयार छौँ भनेर हामीले त्यही दिनै हामीले पिटिसी इन्डियालाई पत्रचार गरेका थियौँ, किनभने मान्नेहुने अवधि एकदमै कम थियो । मान्नेहुने अवधि असोज १२ गतेसम्म मात्रै थियो, त्यसकारण असोज १० गते नै हामीले पत्रचार गरेर खरिद गरेका हौँ । हामीले यो प्रस्ताव गुमाएको भए एनबीभिएनसँग खरिद गर्नुपथ्र्याे, त्यसले गर्दाखेरि हामीलाई लगभग ७५ करोड १४ लाख रूपैयाँ नोक्शान हुन्थ्यो । एनबीभिएनसँग पनि खरिद नगरेर हामीले पिइसीमा गएको भए ८ रूपैयाँ १० पैसामा खरिद गर्नुपथ्र्याे, त्यसले गर्दा प्राधिकरणलाई १ अर्ब २० करोड रूपैयाँ नोक्सान हुन्थ्यो । त्यो परिस्थितिमा सबैभन्दा आकर्षक प्रश्ताव पिटिसी इन्डियाकै थियो र त्यही अनुरुप हामीले उहाँहरूसँग खरिद ग¥यौँ । विगतको वर्षमा हामीले ७ रूपैयाँ ५ पैसामा हामीले एनबीभिएन सँग खरिद गर्ने भनेर सम्झौता गरेका थियौँ, गएको वर्ष । यो भारतमा विद्युतको दर स्थिर रहँदैन, त्यो जति समय घर्किंदै जान्छ, दरहरू महँगो हुँदै जान्छन् । हामीले २०२२ मा, १२ रुपैयाँमा बत्ती किनेका छौं, भारतसँग । त्यसकारण, यो अहिलेको परिस्थितिमा हामीले ६ रुपैयाँ ९५ पैसामा विद्युत खरिद गर्दा नेपाल विद्युत प्राधिकरण अथवा नेपाल सरकारलाई कुनै नोक्शानी भएको छैन ।’

उनले पीटिसी इण्डियासँग विद्युत खरिद एकदमै प्रतिस्पर्धात्मक हिसावले रहेको बताएका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?