Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

साढे ९ अंकले बढ्यो शेयर बजार, होटल तथा पर्यटनमा झुमिए लगानीकर्ता


काठमाडौँ। बुधवार शेयर बजार ९ अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ०.३६ प्रतिशतले बढेर परिसूचक २६६५.६० बिन्दुमा पुगेको छ ।

नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९१ हजार ७०५ पटक शेयर किनबेच भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा झुमिएका छन् । १३ वटा समूहमध्ये सबैभन्दा बढी यही समूह बढेको छ । उक्त समूह ०.९९ प्रतिशतले बढेको हो । सँगै आज होटल तथा पर्यटन सहित अन्य ७ समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले गुमाएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?