Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

साढे ९ अंकले बढ्यो शेयर बजार, होटल तथा पर्यटनमा झुमिए लगानीकर्ता


काठमाडौँ। बुधवार शेयर बजार ९ अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ०.३६ प्रतिशतले बढेर परिसूचक २६६५.६० बिन्दुमा पुगेको छ ।

नेप्से बढ्दा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदाको समयमा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९१ हजार ७०५ पटक शेयर किनबेच भएको छ । आज ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा झुमिएका छन् । १३ वटा समूहमध्ये सबैभन्दा बढी यही समूह बढेको छ । उक्त समूह ०.९९ प्रतिशतले बढेको हो । सँगै आज होटल तथा पर्यटन सहित अन्य ७ समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले गुमाएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?