Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘राजनितिक दल जस्तै उद्योग खोल्ने प्रतिष्पर्धा गरौँ’:हेमराज ढकाल


काठमाडौँ। नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनितिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उनको भनाई छ । जेन–जी आन्दोलनपछि नेपालमा नयाँ राजनितिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको छ । राजनितिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताए । उनले नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने बताए । उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिएका छन् । राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्नुहुँदै उहाँले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताएका छन् । ५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाई छ । उनले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘जसरी अहिले देशमा दलहरु खोल्नको लागी प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरु खोलिराख्नुभएको छ । आगामी यहाँहरुको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागी तपाईहरुको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हे¥र्यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन । जबसम्म हामीले पोलिटिक्सलाई ईकोनोमीसंग संगसंगै हाल्न सक्दैनौँ । कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसलेगर्दा म यही मञ्चबाट युवाहरुको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्युलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौँ । हामीले यस्तो पोलिसि बनाउन प¥यो, उद्यमशील गर्ने मान्छेहरुलाई ह्यासल फ्रि एक्सेस दिनुप¥यो । पुराना पुराना पोलिसि जुन छन्, पुराना कानूनहरु जुन छन्, ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनहरुलाई चेन्ज गर्नुप¥यो । पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भईसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौँ र उनीहरुलाई एक्सेस दिनसक्यौँ भने हामी समृद्धिको हिसावमा धेरै टाढा छैनौँ । हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनवाई बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’

उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए । झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उनको भनाई छ । युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उनले बताए ।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?