काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले न्यायिक छानविन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल भन्छिन्: मेयर बालेनले बन्द कोठाबाट आदेश दिने होइन, यहाँ आएर समस्या समाधान खोज !
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ । पूर्वराजाको अपिलमा
काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए
काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जारी गरेका अध्यादेशहरु पास भएपनि मुल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताएका छन् । उनले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्वपूर्ण
काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने बताएका छन् । सरकारले आशाका किरणहरु दिन नसकेको आशय व्यक्त गर्दै उनले संसदको हिउँदे अधिवेशन
काठमाडौँ। नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताएका छन् । उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् । उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताएकी
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् । सोमवार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् । उनले संसदभित्र राप्रपा सांसदहरुले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भिर समिक्षा गर्ने
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताएका छन् । आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफैँ उद्धत भएको आरोप लगाउदै उनले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर