Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको दाबी गरेका छन् । प्रवक्ता खरेलले सरकारले सिमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको बताएका छन् । उनले राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको सहयोगमा विपद्पछिको खोज, उद्धार र राहत वितरणको कार्य भइरहेको समेत बताएका छन् । उनले विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राज्यको सम्पूर्ण ध्यान उद्धार, राहत र खोजी कार्यमा केन्द्रित रहेको बताएका छन् । उनले सर्वदलीय बैठकमा दलहरुले उद्धार तथा राहत वितरण प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको बताएका छन् ।

उनले भने, ‘तपाईंहरुलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो र असाध्यै राम्रो सम्बन्ध छ । यो यत्तिकै भन्नका लागि मैले भनेको होइन । पार्टी सभापतिले र सम्माननीय प्रधानमन्त्रीले गर्ने हरेक कामहरुको सन्दर्भमा हरेक दिन उहाँहरु बीचमा कम्युनिकेसन भइरहेको छ । हरेक दिन सरसल्लाह भइरहेको छ । अब कम्युनिकेसन भयो कि भएन भन्नलाई हिजोकै उदाहरण तपाईँहरुलाई काफी छ नि । हिजो नै हाम्रो सम्माननीय प्रधानमन्त्री र पार्टी सभापतिबीच भेटघाट भएको छ । यो समयमा कसरी अजाने, के गर्ने भन्ने विषयमा दुई जनाबीच नियमित रुपमा कुराकानी भइरहेको छ । सबै काम एकैजनाले गर्न सक्दैन । सरकारले मात्र गर्ने भन्दा नि पार्टीले के गर्ने र सरकारले के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच निरन्तर रुपमा समन्वय भइरहेको छ । झन्डै १२ हजार विपद् प्रभावित नागरिकहरुलाई उद्धार गरिएको छ । सरकारको नेतृत्वमा, सबै राजनीतिक दलहरुको सहयोगमा, तपाईं मिडियाहरुको सहयोगमा र स्थानीयहरुको चाहने सहयोगमा सबै तवर स्तरका सरकारको सहयोगमा आज करिब १२ हजार मानिसहरु विपद् प्रभावितलाई उद्धार गर्न सकिएको छ ।’

सर्वदलीय बैठकमा तीनै तहमा सर्वदलीय रानजीनितक संयन्त्र बनाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य गर्ने सहमति भएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?