Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस


काठमाडौँ।नेपाली काँग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रिय सदस्य देवराज चालिसेले बताएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताएका छन् । सरकारले उपलब्ध स्रोतसाधनबाट प्रयास गर्दागर्दै पनि नसकिए प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने उनको भनाइ छ । उनले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको पनि बताएका छन् । उनकाअनुसार तीनै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा राजनीतिक दलहरूले त्यसका लागि सहयोग गर्ने सहमति भएको छ । उनले विपद्को विषयलाई राजनीतिकरण गर्न नहुने बताउँदै सबै दल पीडित जनताको पक्षमा एकजुट हुनुपर्ने धारणा पनि राखेका छन् ।

उनले भने, ‘मान्छेको जीवन नै प्रधान हो । त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो चौथो चरणमा जान्छ । त्यसले गर्दाखेरि अहिलेको प्रधान विषय भनेको एकजना भएनी बाँचेको छ कि भनेर खोजी गर्नु नै हो । अहिले सबैभन्दा संगीन प्रश्न सुरुङमा फसेका हाम्रा दक्ष जनशक्तिहरु नेपालका सबैभन्दा उच्च इन्जिनियरहरु, एक्सपर्टहरु थुनिएको अवस्था छ । धेरै कुराहरु बाहिर राख्या छ । थुनिएको अवस्थामा हामीले राइट टाइममा विगत अन्तर्राष्ट्रिय अनुभव पनि हे¥यौं । इण्डियाको पनि उत्तराखण्डमा यस्तै किसिमको सुरुङमा भित्र अड्किएको अवस्था थियो । त्यसकारण सकेको अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन । एक्सपर्ट भन्ने कुरो ज्ञान र विज्ञान भन्ने कुरो, अनुसन्धान भन्ने कुरो राष्ट्रिय सीमा हुँदैन । सबैको सहयोग लिएर गर्ने विषय हो । हामीसँग हाम्रा उपलब्ध स्रोत र साधनले गरे सकेसम्म गर्ने हो । गर्न नसकेका विषयहरुमा प्राविधिक सहयोग टेक्निसियनदेखि लिएर प्रविधिको सहयोग लिनुपर्छ ।’

उनले जलवाजन्य विपद्को विषयलाई दीर्घकालीन छलफलको विषय बनाएर अघि बढ्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?