Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रदेश समाचार


राजधानीको मुख्य सहरमै खानेपानीको अभाव

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते

बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ । बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी

आर्थिक बर्षको ६ महिनामा काठमाडौँ महानगरको खर्च १५.५४ प्रतिशत

काठमाडौँः चालु आर्थिक बर्षको ६ महिनामा काठमाडौँ महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँको १५.५४ प्रतिशत खर्च भएको छ । विनियोजित रकमबाट चालुतर्फ २९.८७, पुँजीगततर्फ ७.७८ र वित्तिय खर्च ५३.०९ प्रतिशत खर्च भएको छ । विहीबार सम्पन्न अर्ध वार्षिक समीक्षाबाट यो अङ्क देखिएको

कर्णालीमा बढ्दैछन् लागूऔषध दुर्व्यसनी

कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उहाँहरुको भनाइ छ । नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल

बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो । सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी

गण्डकी, १८ माघ (रासस): पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान

लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति

महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ । लुम्बिनीको नवनिर्मित सभाहलमा यही माघ २१ देखि २९ गतेसम्म हुने भनिएको उक्त कार्यक्रमले नेपाली बौद्ध समाजको आस्था र विश्वासमा चोट पुर्याउनेबाहेक सहिष्णुता र सद्भाव बनाइराख्न कुनै

सम्वन्धित समाचारहरु