Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

प्रदेश समाचार


कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम

२२ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो । सम्झौतामा जापानका

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

२२ वैशाख, नुवाकोट  नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म)

कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

२२ वैशाख, म्याग्दी । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए । “एक महिनाअघि एक हजार छ

हेलिकप्टर दुर्घटना अपडेट : पाँच जना घाइते

२२ वैशाख, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

२२ वैशाख, पोखरा । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए । सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताए

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको सेनाको सो बाहिनी

भारतबाट नेपाल आएर अलपत्र परेको छावाको सकुशल उद्धार

२२ वैशाख, झापा । भारतबाट नेपाल आएर अलपत्र परेको एउटा हात्तीको छावाको झापामा सकुशल उद्धार गरिएको छ । झापाको मेचीनगरस्थित बाहुण्डाँगीमा भारततर्फ आएका दुई दर्जन सङ्ख्यामा रहेका हात्तीहरूसँगै उक्त छावा पनि थियो । मानिसहरूको होहल्ला भएपछि हात्तीको हुल छावालाई छाडेर भारततर्फ फर्किएको जनाइएको छ । करिब एक महिनाको जस्तो देखिने छावालाई

लुम्बिनीमा पर्यटक ल्याउन नसक्नु हाम्रै कमजोरी हो : प्रधानमन्त्री प्रचण्ड

२२ वैशाख, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने “ लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ । ” २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

२२ वैशाख, मकवानपुर । जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उहाँका अनुसार

लुम्बिनीमा बृहत् शान्ति र्‍याली

२२ वैशाख, लुम्बिनी । २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्‍याली निकालिएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो

सम्वन्धित समाचारहरु