Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई


२२ वैशाख, म्याग्दी । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए ।

“एक महिनाअघि एक हजार छ सयवटा मुढाको माग आएको थियो”, उनले भने “आठ सय २० वटा पठाइसक्यौँ । बाँकी मुढा बनाउन व्यस्त छौँ ।” कारागारमा रहेका कैदीबन्दीले समय बिताउनका लागि मुढा बनाउँदै आएका छन् ।

प्रतिगोटा मुढा रु चार सय ५० का दरले कारागारबाटै बिक्री भएको हो । खुद्रा प्रतिगोटा रु पाँच सयका दरले बेच्ने गरेका छन् । बाँस र पलास्टिकको रसी किनेर बुढा बनाउने गरेका छन् । कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताए ।

बेनी नगरपालिका–२ खबरामा रहेको कारागारमा ८० पुरुष र तीन महिला कैदीबन्दी छन् । यो कारागार सात महिलासहित ३२ जना क्षमताको हो । कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताउनुभयो । यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए ।

एक मुढा बुन्न बढीमा दुई दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको मागअनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन् । मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताए ।

“म्याग्दीका साथै बागलुङ, भीमफेदी र पूर्वी नेपालका कारागारका कैदीबन्दीले बुनेका मुढा सङ्कलन गरेर चीन पठाउन थालिएको छ”, उनले भने, “कैदीबन्दीले तयार पारेपछि थप मुढा पठाउने तयारी छ ।” उहाँका अनुसार चीनमा खेतबारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ ।

बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ । चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ ।

निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको थियो । निर्यात खुलेपछि चीनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहित भएका छन् । कारागारमा उद्योग तथा पर्यटन कार्यालयलगायत विभिन्न निकाय र सङ्घसंस्थाले कैदीबन्दीलाई मुढा बुन्ने सीपमूलक तालिम दिएका थिए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?