२० भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो । “शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले
२० भदौ, काठमाडाैँ । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी
२० भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ । महिला,
२० भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेलाको आयोजना गरिएको छ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बिसरती पर्व मनाइने गरिन्छ । बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइका कारण कञ्चनपुरमा पनि मनाइँदै आएको
२० भदौ, बैतडी । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । प्रदेशमा
२० भदाै, गोरखा । प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट
२० भदाै, मोरङ । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ । झापाको दमक १ मा घर भई गत साउन २९ गते देखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच
२० ,भाद्र ,गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प आवश्यक भएको बताए । ज्ञानयोग, कर्मयोग
२० ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल
काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाई–भाउजु प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उभो लाग्न नदिएको टिप्पणी गरेका छन् । मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत