Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कञ्चनपुरमा बिसरती मेला आयोजना


२० भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेलाको आयोजना गरिएको छ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बिसरती पर्व मनाइने गरिन्छ ।

बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइका कारण कञ्चनपुरमा पनि मनाइँदै आएको छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । दुर्गा–भवानीले महिषासुर दानवलाई बध गरेको खुसीयालीमा बिसरती पर्व मनाउने चलन रहेको स्थानीय नारायण मिश्रले जानकारी दिए । “बडादसैँका बेला दुर्गा–भगवतीले महिषासुर दानवको बध गरेको किंवदन्ती रहे पनि बझाङ्गी समुदायले माघ १६, फागुन १६ र भदौ २० गतेलाई दुर्गा–भवानीले विशेष पूजा गरेर मनाउने गरेका छन्”, उनले भने ।

माघ १६ गते महिषासुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ । फागुन १६ गते महिषासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो बनाएर खेल्ने चलन छ । स्थानीय लालबहादुर थापाका अनुसार दुर्गा र सुर्मादेवीले राक्षस महिषासुरसँगको लडाइँमा जित हासिल गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको बताए ।

“व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन्”, उहाँले भन्नुभयो, “परम्परादेखि मनाइँदै आएको पर्वलाई निरन्तरता दिँदै आएका छाैँ ।” मेला धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय मदनराज मिश्रले बताए । “धर्म, संस्कृति, कला एव परम्परा संरक्षणका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ”, उनले भने “मेलामा महिला–पुरुष देउडा खेल खेलेर रमाइलो गरिन्छ ।” मेलामा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडी भाकालगायतका खेल खेल्ने गर्दछन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?