Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कञ्चनपुरमा बिसरती मेला आयोजना


२० भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा बिसरती मेलाको आयोजना गरिएको छ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बिसरती पर्व मनाइने गरिन्छ ।

बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइका कारण कञ्चनपुरमा पनि मनाइँदै आएको छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । दुर्गा–भवानीले महिषासुर दानवलाई बध गरेको खुसीयालीमा बिसरती पर्व मनाउने चलन रहेको स्थानीय नारायण मिश्रले जानकारी दिए । “बडादसैँका बेला दुर्गा–भगवतीले महिषासुर दानवको बध गरेको किंवदन्ती रहे पनि बझाङ्गी समुदायले माघ १६, फागुन १६ र भदौ २० गतेलाई दुर्गा–भवानीले विशेष पूजा गरेर मनाउने गरेका छन्”, उनले भने ।

माघ १६ गते महिषासुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ । फागुन १६ गते महिषासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो बनाएर खेल्ने चलन छ । स्थानीय लालबहादुर थापाका अनुसार दुर्गा र सुर्मादेवीले राक्षस महिषासुरसँगको लडाइँमा जित हासिल गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको बताए ।

“व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन्”, उहाँले भन्नुभयो, “परम्परादेखि मनाइँदै आएको पर्वलाई निरन्तरता दिँदै आएका छाैँ ।” मेला धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय मदनराज मिश्रले बताए । “धर्म, संस्कृति, कला एव परम्परा संरक्षणका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ”, उनले भने “मेलामा महिला–पुरुष देउडा खेल खेलेर रमाइलो गरिन्छ ।” मेलामा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडी भाकालगायतका खेल खेल्ने गर्दछन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?