Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना


२० ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।

यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भिरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ ।

“वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो”, उनले भने, “अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।”

वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगरप्रमुख कृष्ण खाँणले बताए ।

नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उनको भनाइ छ । केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताए ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?