Trending
>>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना


२० ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।

यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भिरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ ।

“वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो”, उनले भने, “अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।”

वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगरप्रमुख कृष्ण खाँणले बताए ।

नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उनको भनाइ छ । केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताए ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?