Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक : प्रदेश प्रमुख गुरुङ


२० ,भाद्र ,गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प आवश्यक भएको बताए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पूूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस भन्ने उनले कामना गरेका छन् ।

“ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता र पूर्ण अवतार भगवान् श्रीकृष्णको जन्म द्वापरयुुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात आजकै दिन भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीको रूपमा मनाइँदै आएको छ”, सन्देशमा भनिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पु¥याउने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?