२३ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला
२३ श्रावण, चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु
२३ श्रावण, हेटाैँडा। मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले
२३ ,श्रावण ,ढोरपाटन । अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए
२३ ,श्रावण ,घोराही । घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार सोमबार पहिरो
२३ ,श्रावण ,गलकोट । धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ । गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा
२३ ,श्रावण ,बेनी । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो
२३ ,श्रावण ,काठमाडौँ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत
२३ ,श्रावण ,दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस)बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले
२२ ,श्रावण ,जुम्ला । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा