Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै


२३ ,श्रावण ,गलकोट । धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो ।

यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ । गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो ।

धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ । विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ ।

अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।

पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक चार सयदेखि पाँच सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिए । “गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटीस्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटीस्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो”, उनले भने, “अब सिटीस्क्यान गर्न पोखरा, काठमाडौँ जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।”

अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ । प्रमुख डा प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ । अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उनको भनाइ छ ।

लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटीस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । अठार विशेषज्ञ र ११औँ तहका तीन चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु भनेको धवलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ ।

अठार विशेषज्ञ, १० मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिँदा अस्पतालमा उपचारका लागि आउने नागकिलाई पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ । तेइस जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रवृत्तिका १८ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २८ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।

अस्पतालमा आकस्मिक, प्रसूति, ओपिडीलगायत २४ वटा विभाग पूर्णरूपमा सञ्चालनमा आएको प्रमुख डा प्रधानले जानकारी दिए । अस्पतालमा अहिले आइसीयू र एनआइसीयूजस्ता महत्त्वपूर्ण सेवासमेत प्रदान भइरहेको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?