Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताउनुभएको छ ।

बिहीवार कर्णालीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्र खतरा हेलिकप्टरबाट भागेसंगै टरेर गएको बताउनु भयो । उहाँले भागेको हेलीकप्टर फेरि सिंहदरबारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासंग प्रतिष्पर्धामा उत्रिन पनि आग्रह गर्नुभयो । उहाँले रास्वपा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदे शान्तिपूर्ण निर्वाचनको प्रत्याभुति दिन सरकारसँग माग गर्नुभयो । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरु लागेको उहाँको भनाई छ । उहाँले निर्वाचन निकास नदिने भएकोले सार्नुपर्छ भन्ने आवाज सुनेको उल्लेख गर्दै चुनावले निकास दिँदैन भने के ले निकास दिन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँकाअनुसार लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति नै जनताको मताधिकार हो । सभापति लामिछानेले आफूहरुले आन्दोलन भन्दा पनि मतमार्फत परिवर्तन चाहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले चुनाव गर्न हँुदैन, चुनाव सार्नुपर्छ भन्ने कुराहरु पनि कता कता सुनेको छुँ । चुुनावले निकास दिदैन भन्ने कुरा सुनेको छु, चुनावले निकास दिँदैन भने के ले दिन्छ निकास ? लोकतन्त्रको सबैभन्दा ठूलो तागत भनेको जनताको तागत हो । जनताले भोटबाट आफ्नो तागत देखाउने यो निर्वाचनले निकास दिन्न भने के ले दिन्छ, निकास ? आन्दोलनले ? म कर्णालीबाट एउटा अफर दिन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस् । हामी चाहन्छौँ भोटबाट फेर्न । रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ । लोकतन्त्रलाई खतरा हुन्छ, भनिरहेका छन् मान्छेहरु, जनता जागेपछि तपाईहरुलाई लाग्यो लोकतन्त्रलाई खतरा छ । यतिवेला जनता जागेका छन्, जनतले बुझेका छन्, लोकतन्त्र जोसबाट खतरा थियो, त्यो खतरा हेलिकप्टर चढेर भागेको छ । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकप्टर सिंहदरबार या बालुवाटारमा ल्याण्ड हुन्छ । जता ल्याण्ड हुन्छ, होस् हामीलाई भन्नु केही छैन, तर जनताको भाग्य फेर्ने र बनाउने सिंहदरबारमा ल्याण्ड नहोस्, त्यतिभए पुग्छ । जनताको परिवर्तनको यो आगोलाई कसैले चुनौती नदियोस् । लोकतन्त्रलाई खतरा छैन, हामी जोगाउँछौँ । कुनै नेताले ठेक्का लिनुपर्छ, लोकतन्त्रको ? यो देशको लोकतन्त्रको ठेक्का कुनै नेताले, कुनै पार्टीले लिनुपर्दैन, लोकतन्त्र जोगाउने जनता छन् । लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छोँ । लोकतन्त्रको त्यस्तो पिर लाग्छ भने भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस् । घण्टी भर्सेस अल । जतिबेला जनता जाग्यो, यतिबेला कचकच गर्न पाईदैन है । शान्तिपुर्ण निर्वाचनको प्रत्याभुति सरकारले देओस्, रास्वपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक रहेर काम गर्छ । रास्वपासंग डराउनुपर्ने जो होस्, उही मात्रै डराओस्, जनता डराउनुपर्दैन ।’

सभापति लामिछानले पछाडी परेको कर्णाल प्रदेशबाट वाचापत्र सार्वजानिक गरेर नयाँ सन्देश दिएको पनि दाबी गर्नुभयो । अब कुनै क्षेत्र पनि पछाडी नपर्ने उहाँको भनाई छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?