Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने


डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ ।

कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो । उहाँले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताउनु भयो । सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गर्नुभयो । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उहाँको भनाई छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन् । आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उहाँले बताउनु भयो । कानूनले अन्याय गरेको महशुस भएमा संसदबाट संशोधन गरेर भएपनि अधिकार दिलाउने उहाँले प्रतिवद्धता जनाउनु भयो । उहाँले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गर्नुभयो । उहाँले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताउनु भयो । उहाँकाअनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेद्वारले उत्तर दिएका छन् । उहाँले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको बताउन ुभयो । पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रश्नहरुको सामना गरेन, डिभेडमा भाग लिएन भन्ने प्रश्न आएको छ । प्रश्न सोध्ने ठेक्का कसैले नलिए हुन्छ, जनताको प्रश्न जनताले सोध्छन्, घरघरमा सोधेका छन्, जवाफ दिएका छोँ हामीले । प्रश्नको ठेक्का हामीले सकैलाई दिएका छैनौँ । रास्वपाको उम्मेद्वारहरुले जनताको प्रश्नको उत्तर हरेक क्षेत्रमा दिइरहेका छन् । प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ, कसैले । हामीलाई थाहा छ, प्रश्नको उत्तर त धेरैले दिए अब प्रश्नको उत्तर होईन, समाधान दिने हो । समाधानको लागी ५ वर्षको स्थायी सरकार, विधिको शासन बसाउँछौँ, थिति बसाल्छौँ, कानूनी राज्य स्थापना गर्छौँ, गतल गर्न पाइँदैन, गलत गर्दैर्नौँ । आँट र शाहसका साथ हामी उभिएका छौँ । ढंग पु¥याएर विना प्रतिसोध देशलाई अगाडी बढाउनेछौँ । कतिपय मानिसहरुलाई तर्साउने काम भएको छ, हाम्रो सरकार आएमा डोजर लगाउँछ, उठीवास लगाउँछ भर तर्साउन खोजिएको छ । कोही पनि आतिनु पर्दैन । डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्न पर्दैन । विस्थापित हुँदैन, व्यवस्थापित हुन्छ । व्यवस्थापन हामी गर्छौ । भुमीहीन साथीहरुको कुरा यहाँ आएको छ, हामी शक्तिशाली आयोग बनाउँछौँ, त्यो आयोगमा स्वतन्त्र मानिसहरु हुनेछन, पार्टीका कारिन्दा हुनेछैनन् । तीनले दिएको रिपोर्टलाई कार्यन्वयन गर्नेछोँ । रास्वपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्देन । कानुनले जे भन्छ, हामी त्यही गर्छौ । कानुनले तपाईलाई थिचोमिचो गरेको रहेछ भने संसदमा फेरेर भएपनि तपाईको अधिकार दिलाएर छाड्छौँ ।’

उहाँले रास्वपाको पराराष्ट्र नितिप्रति पनि कसैले चिन्ता लिईराख्न जरुरी नभएको बताउनु भयो । रास्वपाले असंलग्न परराष्ट्रनीतिअनुसार सबै देशसँग समान व्यवहार गरी सम्बन्ध विस्तार गर्ने उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?