१५ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको थियो ।
१५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए
१५ वैशाख, गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा
१५ वैशाख, जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् । जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने
१५ वैशाख, गुल्मी । बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ । गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म
१५ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल
१५ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मरमतका लागि पुलबाट आवत जावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले भने, “झोलुङ्गे पुल मर्मतको काम हुन्छ, त्यसैले तीन घन्टा पुल भएर आवातजावत बन्द गरिएको
१५ वैशाख, बारा । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए । बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट
१५ वैशाख, बाजुरा । गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी
१५ वैशाख, बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली