गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उनले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उनले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी साधनस्रोत सम्पन्न बनाउनु जरुरी
काठमाडौं । चालु आर्थिक वर्ष आ.व २०८०/८१ को पहिलो दुई महिना साउन–भदौमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा पुगेको देखिएको छ । अघिल्लो आ.व.को यसै अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो दुई महिना भदौसम्म चालु खाता २३ अर्ब
काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति भण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष आ.व २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको
काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान अवतरण भएका थिए । एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गर्नुका साथै अहिले नेपालमा चाडबाडको सिजन चलेको र साथमा पर्यटकीय मौसम
काठमाडौं । चालु आर्थिक वर्ष आ.व २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् । देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख
काठमाडौं । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि नै देवीको मन्दिरमा पूजा गर्नेको आज पनि घुइँचो लागेको छ । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल
काठमाडौं । अधिकांश बैंकले १ कात्तिकदेखि लागू हुने निक्षेपको ब्याजदर घटाएका छन् । अहिले बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च भएका कारण अहिले बैंकिङ प्रणालीमा अन्तरबैंक ब्याजदर २ प्रतिशत भन्दा तल छ । पछिल्लो समय सरकारले आन्तरिक ठूलो मात्रामा उठाइरहेको
काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् । गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त