Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

देशलाई समृद्ध बनाउने अभियानले आज वैधानिकता पायो : उपेन्द्र महतो


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् । गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने समेत बताए ।

त्यसैगरी गैरआवासीय नेपालीहरु जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै उनले त्यसले आज वैधानिकता पाएको भन्दै खुसी समेत व्यक्त गरेका छन् । एनआरएनहरुलाई नागरिकता उपलब्ध गराउनका लागि पहल गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड, नेपाल सरकार र प्रतिनिधि सभा सदस्यहरुप्रति आभार प्रकट गरेका उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?