२ असार, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ। गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्।
२ असार, पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ । पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र
२ असार, हेटाैँडा । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
२ असार, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ । पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण
२ असार, मनाङ । ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन् । सडक
२ असार, भक्तपुर । ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्। ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको,
२ असार, सिन्धुपाल्चोक । किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रबन्ध मिलाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ
२ असार, लहान । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उनीहरूको मोटरसाइकलको गति १२
२ असार, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् । मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन् । प्रचण्डले मेलम्चीमा खानेपानीको महान र दुई वर्ष अघि बाढीले क्षति पुर्याएको स्थान अवलोकन गर्नेछन् । मेलम्चीको मुहान निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्डसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र
२ असार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं