Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब  ६० करोडको बजेट


२ असार, हेटाैँडा । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड  ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ ।

आज  आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रू ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रू ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्र्तगत अनुदानबाट रू तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रू एक अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए । उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थियो ।

उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा रू तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रू एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिए । उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रू एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा रू एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।

उपप्रमुख बानियाँले पूँजीगततर्फ कूलरू एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार  बजेट विनियोजन भएकामा हालसम्म रू ७० करोड ७९ लाख १३ हजार  खर्च भएको बताए । वित्तीय व्यवस्थातर्फ रू एक करोड १५ लाख विनियोजन भएकामा रू ८५ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?